FAQs Complain Problems

समाचार

सातौ गाउँसभा आ.व. २०७७।०७८ निति तथा कार्यक्रम सार्वजिनिकरण

के आई सिह गाउँपालिकाको साताै गाउँसभा आ.ब २०७७/०७८ को बार्षिक निती तथा कार्यक्रम प्रस्तुतिकरण सपन्न भएकाे छ ।गाउँपालिका उपाध्यक्ष ज्यू ले प्रस्तुत गर्नु भएकाे निति तथा कार्यक्रमको

साेच

लघु उधम र कृषि मुख्य अाधार, के.अाई.सिंहकाे प्राथमिकता स्वराेजगार भन्ने मुल नाराका साथ कृषिकाे आधुनिकरण संगै बेराेजगारहरूकाे सहभागितामा बिश्वब्यापी भईरहेकाे काेराेनाकाे संकटबाट जाेगिन नागरिकलाई स्वास्थ्य राखि गुणस्तरीय जीवनयापनमा टेवा पुर्याउन `समृद्ध के.आई.सिंह आत्मनिर्भर के.आई. सिंहबासी ´ आर्थिक बर्ष ०७७/०७८ काे साेच रहेकाे छ ।

लक्ष्य

दैनिक गुजाराका लागि भारतखतथा तेस्राे मुलुक जाने बाध्यतालाई निरूत्साहीत गर्न `गाउमै खाेजाैं राेजगारी, बिकासमा बनाै साझेदारी ´ भन्ने मुल मर्मलाई अंगाल्दै के आई. सिंहबासीलाई आत्मनिर्भर बनाउने लक्ष्य साथ कृषि, स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रहरूलाई समेटेर नीति अवलम्बन गरिनेछ ।

मुख्य नीति तथा कार्यक्रम

१. बिश्वब्यापी फैलिएकाे काेराेना संक्रमणकाे महामारीबाट उत्पन्न संकटबाट बच्न स्वराेजगारकाे वातावरण सृजना गर्न के आई. सिंह स्वराेजगार कृषि कार्यक्रम लागू गरिनेछ ।

२. एक वडा एक लघुउधम स्थापना गरिनेछ ।

३. म्याचिंग फण्डका अाधारमा कृषि उधम गर्न चाहनेहरूलाई बिना धिताे ऋृण तथा सहुलियतपूर्ण ब्याज उपलब्ध गराउने ।

४ . काेभिड १९ काे महामारीबाट हुनसक्ने खाध संकट न्यून गर्न बाझाे खेतमा तत्काल उत्पादन हुने उन्नत नगदे बाली खेतीमा बिउ, मलखाध तथा सिचाईमा सतप्रतिशत अनुदाई दिई अावकाे ३ महिनाभित्र कार्यक्रम कार्यान्वयन गर्ने।

५. राेजगार सुचनाकेन्द्रकाे स्थापना गरि बेराेजगार युवाहरूलाई सुचिकृत गरि राेजगारीकाे अवसर सृजना गर्ने

६. जग्गा नराखाै बाझाे, हाम्रै हातमा छ उत्पादनकाे साँचाे

आर्थिक वर्ष:

News Ticker Feature: 
YES