FAQs Complain Problems

समाचार

के.आई.सिंह गाउँपालिकामा संविधान दिवस भव्यताका साथ मनाइयाे ।

के.आई.सिंह गाउँपालिकामा संविधान दिवस भव्यताका साथ मनाइएको छ । संविधान दिवसको अवसरमा दुर्गामाण्डाै स्वास्थ्य चाैकीमा आज X-Ray मसिनको उद्घाटन गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले गर्नु भएको छ । गाउँपालिकाकाे आयोजनामा भएको कार्यक्रममा हाजिरी जवाफ प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता लगायतका कार्यक्रम गरिएका थिए । गाउँपालिका अन्तरगतका माध्यामिक तथा आधारभूत विद्यालयहरू बिच भएको प्रतियोगितामा विद्यार्थीहरूले आ -आफ्ना विचार र क्षमता प्रदर्शन गरेका थिए । हाजिरी जवाफ तथा वक्तृत्वकला प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरूस्कारको ब्यबस्था गरिएको थियो । गाउँपालका अध्यक्ष, उपाध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत , सबै वडाका वडा अध्यक्षहरू,वडा सदस्यहरू, गाउँपालिकाका कर्मचारीहरू, विभिन्न विद्यालयहरूका प्र.अ. तथा शिक्षकहरू, अभिभावक लगायत स्थानीयहरूले संविधान दिवस उत्साहका साथ मनाएका छन् ।

आर्थिक वर्ष:

News Ticker Feature: 
YES