FAQs Complain Problems

समाचार

ग्रामिण अल्ट्रासाउन्ड कार्यक्रमको शुभारम्भ

के.आई.सिंह गाउँपालिकामा ग्रामिण अल्ट्रासाउन्ड कार्यक्रमको शुभारम्भ भएको छ । आज मिति २०७६।११।११ गते भूमिराजमाण्डौ स्वास्थ्य चौकीमा गा.पा अध्यक्ष श्री लोकेन्द्र बहादुर शाहीले उक्त सुभारम्भ कार्यक्रमको उदघाटन गर्नु भयो । गर्भवति महिलाहरुको लागि निशुल्क अल्ट्रासाउन्ड चेक जाँच कार्यक्रम यस गाउँपालकिाका पाँच वटा स्वास्थ्य चौकीहरुबाट गरिनेछ, जसले गर्दा गर्भवती महिलाहरुको स्वास्थ्यमा देखा पर्ने समास्याहरु पहिचान भई वास्तविक उपचार गर्न सजिलो हुनेछ । भूमिराजमाण्डौबाट सुभारम्भ भएको उक्त कार्यक्रममा वडा अध्यक्ष श्री हर्क विष्ट, दिप बलायर , कार्यपालिका सदस्य श्री तारा बलायर, वडा सदस्यहरु लगायत स्वास्थ्य कर्मचारीहरु र स्थानीयहरु उपस्थिती थियो । गर्भवती महिलाहरुलाई अल्ट्रा साउन्ड मार्फत चेक जाँचको अनुगमन गाउँपालिका उपाध्यक्ष श्री मिना देवी विष्टले गर्नु भयो

आर्थिक वर्ष:

News Ticker Feature: 
YES