FAQs Complain Problems

समाचार

दलित संग अध्यक्ष कार्यक्रम अन्र्तगत वेतवाँस तथा निगाला तालिमको उद्घाटन

गाउँपालिका अध्यक्ष श्री लोकेन्द्र बहादुर शाहीको अध्यक्षतामा आज दलित संग अध्यक्ष कार्यक्रम  अन्र्तगत वेतवाँस तथा निगाला तालिमको उद्घाटन एक कार्यक्रम बिच भएको छ । कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समितिका बरिष्ट लेखा अधिकृत श्री नवराज गौतम लगायत वडा नं. १,२,५ र ७ का वडा अध्यक्षहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको छ । दलित सामुदायका व्यक्तिहरुको स्वरोजगारको लागि वेतवाँस तथा निगाला सम्बन्धि १ महिने तालिम दिइनेछ । घरेलु तथा साना उद्योग विकास समितिको सहकार्यमा अर्घाखाची जिल्लाका प्रशिक्षक द्वय श्री जिवलाल वि.क. र श्री मान बहादुर वि.क ले वेतवाँस तथा निगाला सम्बन्धि तालिम दिनेछन् । दलित संग अध्यक्ष कार्यक्रम अन्र्तगत विभिन्न सिपमुलक तालिमको आयोजना गाउँपालिका भरि हुँदै जानेछन् । 

आर्थिक वर्ष:

News Ticker Feature: 
YES