FAQs Complain Problems

समाचार

दुर्घटनामा परि मृत्यु तथा घाइते भएका परिवारलार्इ राहत वितरण

के.आई.सिंह गाउँपालिका अध्यक्ष श्री लोकेन्द्र बहादुर शाहीले र्दुघटनामा परी मृत्यु भएका परिवारजन र घाइतेहरुलाई राहत वितरण गर्नु भएको छ । आज मिति २०७५ मंसिर २३ गते गा.पा. अध्यक्ष सहित उपाध्यक्ष श्री मिना देवी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत श्री सिद्धराज शर्मा, वडा नं.१ का अध्यक्ष श्री कृष्ण बम, वडा नं. ३ का अध्यक्ष श्री रतन बहादुर कुवँर लगायतको टालीले पिडितको घरमै गएर राहत वितरण गरेकाे छ । मृतक खेमराज ओझा, विजया कुवँर, घनश्याम मल्लको परिवारलाई रु ३०,००० को दरले र दुर्घटनामा परि घाइते भएका उपेन्द्र बम र मिन बम लाई रु २०,००० को दरले राहत रकम हस्तारण गरिएकाे छ ।

आर्थिक वर्ष:

News Ticker Feature: 
YES