FAQs Complain Problems

समाचार

पाँचौ गाउसभामा पारित नीति तथा कार्यक्रमका लोकपृय निर्णयहरु

आज असार १० गते केआईसिंह गाउपालिकाको पाँचौ गाउसभामा पारित नीति तथा कार्यक्रमका लोकपृय निर्णयहरु यस प्रकार छन्
१) पुर्खाै देखि शोषित पीडीत र उत्पीडनमा परेका दलित समुदायका लागि दलितसंग अध्यक्ष कार्यक्रम निरन्तरता दिईनेछ । जुन अन्तरगत आयआर्जन , पढाइ, सिपमुलक तालिम, प्राबिधिक  शिक्षा , परम्परागत पेशा संरक्षण, सहकारी वा करारमा खेती लगायतका गतिविधि छन् ।
२) आधा आकाश मानिने पीडीत , शोषित, अबसरबाट बञ्चित महिलाहरूका लागि महिलासंग उपाध्यक्ष कार्यक्रम यसबाट संचालन गरिनेछ ।
३) कृषिलाई आधुनिकरण गर्न कृषि औजारका सामान खरिदमा अनुदान िदने । ब्याबसायीक किसानहरूको पहचान गरि १ लाख भन्दा माथि कारोबार गर्नेलाई प्रोत्साहन स्परूप बैक खातामा नगद रकम जम्मा गाउपालिकाले गर्ने ।
४) मुख्य सडकका दुबै तर्फ सुन्दर फुल फुल्ने अग्ला रुखहरुको बृक्षारोपण गर्ने ।
५) पत्रकारहरुको बिमामा सहयोग गर्ने । जिल्ला भित्र रहेका संचारमाध्यमलाई लोककल्याणकारी बिज्ञापन सुचनामा प्राथमिकता दिने ।
६)गाउपालिका भित्रका ५ बिधालयलाई नमुना बिधालय बनाउन किताबसंग बालक, ब्यबस्थापन र समन्वय मेरो जिम्मेवारी , बिधालयसंग अभिभावक, पाठशाला एक बगैंचा , सृजनाको श्रोत कक्षाकोठा जस्ता गतिबिधी संचालन गरिनेछ ।
७) स्थानिय भाषा, संस्कृति, परम्परा , प्राकृतिक श्रोत, ईतिहास जस्ता बिषयबस्तु समेट्ने गरि स्थानिय पाठ्यक्रम तयार गर्ने
८) दुर्गामाण्डौ स्वास्थ्य चौकीमा गाउपालिकाले नियुक्त गरेका एमबिबिएस डाक्टरलाई मासिक रुपमा ग्रामिण क्षेत्रमा स्वास्थ्य परिक्षण र उपचारका लागि खटाउने । सोही क्रममा गर्भवती महिलाको निशुल्क अल्ट्रासाउण्ड परिक्षण गरिने ।
९) सामुदायिक बिद्यालयका बिद्यार्थीहरुको स्वास्थ्य परिक्षण कार्यक्रमलाई बिस्तार गरिने ।
१०) सुकुम्बासीहरुलाई गाउपालिकाले नै एकिकृत बस्ती बसाएर पुर्नस्थापना गर्ने । त्यस्तो बस्तीलाइ पर्यटन प्रर्बधनसंग जोड्ने ।
११) रानागाउ, बासुदेबी र तिखात्तरको सिचाई र खानेपानीको समस्या समाधान गर्ने ।
१२) सेती नदिको किनारमा रहेका नारीदांगका उर्वर जमिनमा सौर्य प्रणालीबाट सिचाईको ब्यवस्था गर्ने
१३) वडास्तरमा स्वास्थ्य घुम्ती शिबिर संचालन गर्ने ।
१४) केआईसिंह संग्रहालय स्थापना गरिने । गाउपालिकामा एउटा पर्यटन गन्तव्य छनोट गरि केआईसिह पार्क निर्माण गर्ने ।

आर्थिक वर्ष:

News Ticker Feature: 
YES