FAQs Complain Problems

समाचार

बाँस निगाला तालिमको आज एक कार्यक्रम बिच गाउँपालिका अध्यक्ष श्री लोकेन्द्र बहादुर शाही ले समापन गर्नु भएको छ

दलित संग अध्यक्ष कार्यक्रम अन्तरगत बाँस निगाला तालिमको आज एक कार्यक्रम बिच गाउँपालिका अध्यक्ष श्री लोकेन्द्र बहादुर शाही ले समापन गर्नु भएको छ । बैशाख ११ गते देखि जेष्ठ ९ गते (१ महिना) सम्म चलेको बाँस निगाला तालिमले निकै उपलब्धी हासिल गरेको छ । दलित वर्गलाई दिइएको उक्त तालिममा बाँस तथा निगाला बाट विभिन्न प्रकारका उपयोगी वस्तुहरु बनाएर निकै नै उदाहरणीय काम प्रशिक्षक तथा प्रशिक्षार्थीहरुले गर्नु भएको छ । कार्यक्रममा बरिष्ठ अथिति गाउँपालिका उपाध्यक्ष श्री मिना देवि बिष्ट, प्रमुख प्रशासकीय अधिकृत श्री सिद्धराज शर्मा र घरेलु तथा साना उद्योग विकास समिति डोटीका लेखा अधिकृत श्री नवराज गौतम हुनु हुन्थ्यो भने अथिति वडा अध्यक्षहरु श्री नेत्र बहादुर रावल, श्री रतन बहादुर कुवंर र श्री जय बहादुर धामी र कार्यपालिका सदस्यहरु श्री नरिभान लुहार र श्री प्रमिला परियार र गाउँपालिका कर्मचारीरु लगायत स्थानियहरु उपस्थिति रहेको थियो ।
दलित वर्गलाई स्वरोजगार बन्न उक्त तालिमले निकै नै टेवा पुगेको र सिकेको सीपलाई आफ्नो जिवनमा लागु गर्ने भनाई एक प्रशिक्षार्थीले राख्नु भएको थियो । दलित संग अध्यक्ष कार्यक्रमलाई निरन्तरता दिई यस्ता सीपमुलक तालिमको आयोजनामा निरन्तरा दिने र यहाँका दलित वर्गको जिवस्तरलाई माथि लैजाने साथै के.आई.सिंह गाउँपालिकाका प्रत्येक  विद्यालयमा कम्तिमा एक जना दलित शिक्षक भर्ना गर्न प्रयत्न गर्ने दृढता गाउँपालिका अध्यक्ष श्री लोकेन्द्र बहादुर शाही ले राख्नु भएको छ ।  कार्यक्रममा अर्घाखाची जिल्लाबाट आउनु भएका प्रशिक्षकहरु श्री जिवलाल बि.क. र श्री मान बहादुर बि.क.लाई कदर पत्रका साथै दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

 

आर्थिक वर्ष:

News Ticker Feature: 
YES