FAQs Complain Problems

समाचार

मष्टेश्वर आ.वि. रानागाउँमा आज स्वास्थ्य परिक्षणको शुभारम्भ

मष्टेश्वर आ.वि. रानागाउँमा आज स्वास्थ्य परिक्षणको शुभारम्भ के.आई.सिंह गाउँपालिका अध्यक्ष श्री लोकेन्द्र बहादुर शाही ले गर्नु भएको छ । दुर्गामाण्डौ स्वास्थ्य चौकीका डा. राजु गुरुङ को टोलीले मष्टेश्वर आ.वि. का विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्नु भएको हो । गाउँपालिका अध्यक्ष शाही ले विद्यालयलाई प्राथमिक उपचार बक्स र छात्राहरुलाई स्यानिटरी प्याड प्रदान गर्नु भएको छ । उक्त कार्यक्रममा सो विद्यालयका सबै विद्यार्थी तथा  शिक्षकहरुलाई जुकाको औषधि समेत वितरण गरिएको थियो ।  स्वस्थ जिवन स्वस्थ शिक्षा मूल नाराका साथ के.आई.सिंह गाउँपालिका भरिका विद्यालयहरुलाई स्वास्थ्य परिक्षण कार्यक्रम गर्ने उद्देश्य राखिएको छ । 

आर्थिक वर्ष:

News Ticker Feature: 
YES