FAQs Complain Problems

समाचार

कार्यालय व्यवस्थापन, पञ्जिकरण तथा सामाजिक सुरक्षा अनलाइन इन्ट्री सम्बन्धि तालिम २०७५

वडा सचिव र सहायक कर्मचारीहरुको लागि राखेको कार्यालय व्यवस्थापन, पञ्जिकरण तथा सामाजिक सुरक्षा अनलाइन इन्ट्री सम्बन्धि तालिम २०७५ सम्पन्न भएको छ । करिव ५ दिन सम्म चलेको तालिमको उद्घाटन के.आई.सिंह गा.पा. अध्यक्ष श्री लोकेन्द्र बहादुर शाही ले गर्नु भएको थियो । तालिम उद्घाटन कार्यक्रममा के.आईं.सिंह गा.पा.का उपाध्यक्ष श्री मिना देवि बिष्ट लगायत विभिन्न विषयगत कार्यालय प्रमुख को पनि उपस्थिति थियो । के.आईं.सिंह गा.पा. भित्रका सम्पूर्ण वडा सचिव र सहायक कर्मचारीहरुलाई पञ्जिकरण तथा सामाजिक सुरक्षा अनलाइन इन्ट्रीमा सिपवृद्धिको लागि दिइएको तालिम निकै नै फलदायी भएको छ । कार्यालय व्यस्थापनको प्रशिक्षण के.आईं.सिंह गा.पा. प्रमुख प्रशाकीय अधिकृृत श्री सिद्धराज शर्माले गर्नु भयो , त्यस्तै पञ्चिकरण सम्बन्धि प्रशिक्षण पत्रकार तथा मानवअधिकारकर्मी श्री रामहरी ओझा ले गर्नु भयो, अनलाइन इन्ट्रि सम्बन्धि प्रशिक्षण सुचना प्रविधि अधिकृृत श्री तेजबहादुर साउदले गर्नु भयो र सुचनाको हक सम्बन्धि ऐनको प्रभावकारी प्रशिक्षण पत्रकार महासंघ डोटीका सचिव तथा रडियो डोटी का श्री गणेश मौनिले गर्नु भयो भने तालिममा त्रिवेणि एफ.एम. का स्टेशन म्यानेजर श्री कर्र्ण बहादुर चन्द पनि उपस्थित हुनुहुन्थ्यो ।

 

आर्थिक वर्ष:

News Ticker Feature: 
NO