FAQs Complain Problems

समाचार

वडा नंं. १

वडा नं. १

के.आई.सिंह गाउँपालिका वडा नं. १ काे कार्यालय अल्लेवनमा रहेकाे छ । साविकको तिखात्तर गाउँ विकास समितिका (१-४) वडाहरू र वायल क्षेत्रलाई मुख्य केन्द्र विन्दु बनाई विभिन्न टोल वस्तीहरू समेटेर बनेको वडा हो। १८.६२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस वडाको कुल जनसंख्या २,३१८ रहेको छ भने यहाँको जनघनत्व प्रति वर्ग किलोमिटर १२४.४९ छ। (यस वडामा बसोबास गर्ने प्रमुख जातिहरूमा कामी, सार्की, क्षेत्री, ब्राह्मण, दमाई र मगर रहेका छन्। यस वडाका बासिन्दाहरूको मुख्य पेसा परम्परागत कृषि तथा पशुपालन, वैदेशिक रोजगारी र खुद्रा व्यापार व्यवसाय रहेको छ। भौगोलिक रूपमा यो वडा पहाडी क्षेत्रमा अवस्थित छ, जहाँ भिरालो जमिन र महाभारत शृङ्खलाका तल्ला होचा पहाडहरू पर्दछन। यो वडा समुद्री सतहबाट करिब १३८७.४५ मिटरको उचाइमा रहेको छ।

यस वडा अन्तर्गत डुम्राकोट, रावतवाडा, वाजगडा, ठुल्लागडा, हरियाली, लोली, गणेशकाँडा, बागबजार, इजेट, महादेव, राडेसैन, मकरकाँडा, मेलसैन,सैन, वसन, पुदेखानी, धारापानी, खाइलेक, भिडखेत, घ्यारी, खेलागाडा, कापडा, झिमे, मझेरा, माझघर, कुन्टा, मालिका, झाडीखेत, बोरागाउँ, खडसैन, गैणबडा, कोट, खडगुणी, विसैगडा, डाँडा, बामगडा, खाडेलेक र खोचेपानी जस्ता टोल वस्तीहरू रहेका छन्। धार्मिक तथा पर्यटकीय क्षेत्रहरूमा ओझावर्क, केदार, मूल गडा र कोट ठेपडी चौतारो तथा श्री छडी गङरी देवता जात्रा स्थल जस्ता ऐतिहासिक स्थलहरू रहेका छन्।

सम्पर्क नं.:

वडा कार्यालय: ९७४९३१०६९९

वडा अध्यक्ष: कृष्ण बहादुर बम : ९७४७३१०६९९

वडा सदस्य: उत्तम बहादुर मगर : ९८६६५४९१५६

वडा सदस्य: देवी सिंह कामी : ९८४८६४१००२

वडा सचिव: कमल बहादुर हमाल : ९८४८४५९४५०

कृषि प्राविधिक: देव बहादुर भुल : ९८६४७५१६६४

कार्यालय सहयोगी: योगेन्द्र बहादुर बम : ९८४८४७९५५४

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
२,३१८
Ward Contact Number: 
9749310699 / ९८४८४७९५५४
//