FAQs Complain Problems

समाचार

वडा नं. ६

के.आई.सिंह गाउँपालिका वडा नं. ६ भुमिराजमाण्डाै सलेना मा रहेकाे छ । साविकका भुमिराजमाण्डाै गा.वि.स. वडा नं. १,२,८ र ९ बाट समेटेर बनेको भौगोलिक रूपमा गाउँपालिकाकै सबैभन्दा ठूलो वडा हो। यस वडाको कुल क्षेत्रफल ३०.६ वर्ग किलोमिटर रहेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार यस वडाको कुल जनसंख्या २,४५२ रहेको छ भने यहाँ कुल ५७५ घरधुरीहरू बसोबास गर्दछन्। (साविक २०७५ को स्थानीय सर्वेक्षणमा यहाँ ३,०५२ जनसंख्या र ५१३ घरधुरी रहेका थिए।)

भौगोलिक रूपमा यो वडा महाभारत शृङ्खलाको पहाडी क्षेत्रमा अवस्थित छ, जसको अधिकांश भाग घना जङ्गलले ढाकिएको छ। यहाँ चट्टानयुक्त, कङ्कडयुक्त खैरो माटो, साना खोँच र भिरालो भू-भागका साथै कृषि कार्यका लागि उपयुक्त खेतीयोग्य साना फाँटहरू समेत रहेका छन्।

यस वडा अन्तर्गत मुख्य रूपमा भुलवाडा, भिताडी, चाका, नोभारी, फलेडी, डाँगा, कैनपडा, भाटिगाउँ र थलि जस्ता छरिएर रहेका परम्परागत टोल वस्तीहरू पर्दछन्। यहाँ मुख्य रूपमा क्षेत्री, ब्राह्मण, कामी, सार्की, दमाई र बादी जातिहरूको मिश्रित बसोबास रहेको छ। वडावासीहरूको मुख्य पेसा परम्परागत कृषि र पशुपालन नै हो, तर यसका साथै मौसमी तथा वैदेशिक रोजगारी र साना खुद्रा व्यापार व्यवसाय जीविकोपार्जनका मुख्य आधार हुन्।

सम्पर्क नं.

वडा कार्यालय: ९७६०८००००६

वडा अध्यक्ष: कृष्ण प्रशाद जैशी : ९८४८५२६२६६

वडा सदस्य: कमला देवी ढोली :

वडा सदस्य: काली भुल :

वडा सदस्य: भिम प्रसाद भाट : ९८६५६८२११३

वडा सचिव: टेक बहादुर साउँद : ९८४८५२६१९५

सहायक कम्प्युटर अपरेटर: गोविन्द जोशी : ९८६१७७९०९६

कृषि प्राविधिक: देव राम भट्ट : ९८६६१०८५२८

कार्यालय सहयोगी: बसन्त लुहार : ९८४८६५०८३५

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
२,४५२
Ward Contact Number: 
9760800006
//