FAQs Complain Problems

समाचार

दलित संग अध्यक्ष कार्यक्रम अन्तरगत आरन व्यवस्थापन तालिम समारोह उदघाटन कार्यक्रम

दलित संग अध्यक्ष कार्यक्रम अन्तरगत आरन व्यवस्थापन तालिम समारोह उदघाटन कार्यक्रमको उद्घाटन आज जेष्ठ २ गते के.आई.सिंह गाउँपालिका अध्यक्ष श्री लोकेन्द्र बहादुर शाही तथा उपाध्यक्ष श्री मिना देवी बिष्ट ले गर्नु भएको छ । नयाँ प्रविधिको प्रयोगबाट सिकाइने आरन व्यवस्थापन सम्बन्धि तालिम  गाउँपालिका भित्रका पिछडिएको दलित समुदायका व्यक्तिहरुलाई जिविकोपार्जन गर्न निकै टेवा पुग्नेछ । उदघाटन कार्यक्रममा के.आई.सिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री सिद्धराज शर्मा,वडा अध्यक्षहरु श्री कृष्ण बहादुर बम, श्री जय बहादुर धामी, दिप बहादुर धामी र हर्क बहादुर बिष्ट , कार्यपालिका सदस्य श्री प्रमिला परियार र नरिभान लुहार , दुर्गामाण्डौ प्रहरी इन्चार्ज, गाउँपालिकाका कर्मचारीहरु र दलित सामुदायका व्यक्तिहरुको उपस्थिति रहेको थियो । पिछडिएको दलित वर्गको उत्थान गर्न विभिन्न किसिमका सिपमुलक तालिमको निरन्तरता रहने र सेवकलाई मालिक बनाई  के.आई.सिंह गाउँपालिकालाई समृद्ध गाउँपालिका बनाउने विचार गाउँपालिका अध्यक्षले  राख्नु भएको छ । दलितहरु एक ढिक्का भई सिपमुलक तालिम सिकेर अगाढी बढ्ने धारणा दलित समुदायका व्यक्तिहरुको रहेको छ ।  दलित संग अध्यक्ष कार्यक्रम निरन्तर अगाढी बढ्नेछ । 

आर्थिक वर्ष:

News Ticker Feature: 
YES