FAQs Complain Problems

समाचार

दुर्गामाण्डाै स्वास्थ्य चाैकिमा ४५ जना अामाहरूलार्इ न्यानाे कम्मल वितरण

डोटी, माघ २८ – डोटीको केआईसिंह गाउँपालिकाले गएको साउनदेखि स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी गराएका सुत्केरी आमालाई न्यानो लुगा वितरण कार्यक्रम सञ्चालन गरिरहेको छ । 

स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी गराउने बानीको विकास होस भन्ने उद्धेश्यका साथ उक्त कार्यक्रम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो ‘स्वास्थ्य संस्थामा गई शुरक्षित रुपमा बच्चा जन्माउने बानीको बिकास होस भन्ने उदेस्यले हामीले यो अभियान सञ्चालन गरेका छाैँ, यो अभियानले सबैले स्वास्थ्य संस्थामा सुत्केरी गराउन जानेछन् भन्ने हामीले विश्वास लिएका छौ ।’ 

सुत्केरी आमालाई ब्लाङकेट तथा जन्मेको बच्चा लाई एक बर्षका लागि पुग्ने न्यानो लुगा बितरण गर्न गाउपालिकाको ७ नम्बर वडा बाट सुरु गरेको वडाका वडाअध्यक्ष हर्कबहादुर विष्टले बताउनुभयो । साउन महिना देखि स्वास्थ्य संस्थामा गएर सुरक्षित सुत्केरी गराउने ४१ जना वडामा आमा तथा बच्चालाई गाउँमै पुगेर गाउँपालिका अध्यक्ष शाहीले न्यानो लुगा हस्तान्तरण गरेको केआईसिंह गाउँपालिकाका स्वास्थ्य संयोजक तिलक बोहराले जानकारी दिनु भयो ।

सरकारले आमासुरक्षा कार्यक्रम स्थानीय तहलाई हस्तान्तरण गरेपछि न्यानो लुगा वितरण गर्ने कार्य रकमको अभावमा सुचारु हुन सकेको थिएन तर केआईसिंह गाउँपालिकाले यो अभियानको सुरुवात गरेपछि गाउँपालिकाका स्थानीयहरु निकै खुशी भएका छन् ।

आर्थिक वर्ष: