FAQs Complain Problems

समाचार

विद्युतिय हाजिरी (Biometric attendance machine ) को सुरुवात इन्द्र मा.वि. तिखात्तरमा

मिति २०७५ असार १ गतेको दिन विद्युतिय हाजिरी (Biometric attendance machine ) को सुरुवात इन्द्र मा.वि. तिखात्तरमा उद्घाटन भएको छ । के.आई.सिंह गाउँपालिका द्वारा उपलब्ध विद्युतिय हाजिरी को उद्घाटन गा.पा.का अध्यक्ष श्री लोकेन्द्र बहादुर शाही ले गर्नु भयो । वि.व्य.स. का अध्यक्ष श्री खडक बहादुर बोगटीको सभापतित्वमा भएको कार्यक्रममा गरिव, जेहेन्दार र दलित विद्यार्थीहरुलाई के.अाइ.सिंह छात्रवृति प्रदान पनि गरिएको थियो । कार्यक्रममा प्रमुख अथिति श्री लोकेन्द्र बहादुर शाही, विशिष्ट अथिति ७ नं. वडा अध्यक्ष तथा सामाजिक विकास समिति संयाेजक श्री हर्क बहादुर बिष्ट र वडा नं. २ का अध्यक्ष श्री नेत्र बहादुर रावल र अथितीमा स्रोत व्यक्ति श्री शेर बहादुर बोगटी लगायत अन्यको बाक्लो उपस्थिति थियो । गा.पा.का आइ.टी.अफिसर श्री तेजबहादुर साउदले जडान गर्नु भएको विद्युतिय हाजिरी को प्रयोग गर्दै इन्द्र मा.वि. तिखात्तर का प्र.अ. श्री मिन बहादुर शाही ले नियमित रुपमा विद्युतिय हाजिरी को विद्यालयमा सदुपयोग गर्ने बताउनु भयो । गाउँपालिकाका विद्यालय भरि नै विद्युतिय हाजिरी लागु गर्ने क्रममा आज इन्द्र मा.वि.मा जडान भएको हो, यस अघि झिमे मालिका मा.वि.मा जडान भैसकेको थियो । क्रमस गा.पा.का सबै विद्यालयमा लागु हुनेछ ।

आर्थिक वर्ष:

News Ticker Feature: 
NO