FAQs Complain Problems

समाचार

सलेनामा आधारभुत स्वास्थ्य केन्द्र सुरु

सलेनामा आधारभुत स्वास्थ्य केन्द्र सुरु (डोटी)– केआईसिंह गाउपालिकाको वडा नं. ७ सलेनामा आधारभुत स्वास्थ्य केन्द्र सोमबारबाट सुरु भएको छ । गाउपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले स्वास्थ्य केन्द्रको सोमबार औपचारिक कार्यक्रमका बिच उद्घाटन गरेका छन् । लामो समयको पहलपछि गाउपालिकाले वडा नं. ७ मा आधारभुत स्वास्थ्य केन्द्र स्थापना गरेको अध्यक्ष शाहीले बताए । वडा नं. ७ का वडाध्यक्ष हर्क बहादुर बिष्टले आधारभुत स्वास्थ्य केन्द्रलाई व्यवस्थित र उपकरण तथा साधनस्रोत सम्पन्न बनाउने आफ्नो सपना रहेको बताए । बिष्टको सभापतित्वमा उद्घाटन शत्र सुरु भएको थियो । कार्यक्रमका बिशिष्ट अतिथी रहेका वडा नं. ६ का वडाध्यक्ष दिप बहादुर  बलायरले आफ्ना तर्फबाट वडा नं. ७ मा स्थापना गरिएको आधारभुत स्वास्थ्य केन्द्रका लागि आवश्यक सहयोगका लागि तयार रहेको बताए । स्वास्थ्य केन्द्रबाट नेपाल सरकारले निशुल्क उपलब्ध गराउदै आएको औषधीहरु, बिभिन्न खालका रोगहरुको प्राथमिक उपचार हुने भएकाले स्थानियलाई सक्दो सेवाका लागि आफु तयार रहेको आधारभुत स्वास्थ्य केन्द्रका प्रमुख अर्जुन बलायरले प्रतिबद्धता गरेका छन् । उद्घाटन कार्यक्रममा स्थानियबासीको तर्फबाट नव बिहानी बहुउदेश्यीय सहकारीका ब्यवस्थापक लोक बहादुर बलायरले स्वास्थ्य केन्द्र स्थापना हुनु आफुहरुका लागि खुसीको कुरा रहेको बताए । स्थानियको स्वास्थ्यमा सुधार आउने आशा रहेको उनले जानकारी दिए ।

आर्थिक वर्ष:

News Ticker Feature: 
YES