FAQs Complain Problems

समाचार

“शैक्षिक गुणस्तर सुधार अवको नारा, समृद्ध के.आई.सिंह निर्माण हाम्रो अभिभारा”

“शैक्षिक गुणस्तर सुधार अवको नारा, समृद्ध के.आई.सिंह निर्माण हाम्रो अभिभारा” नाराका साथ शैक्षिक व्यवस्थापन स्थानीय सरकारको अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम मिति २०७५ आषाढ १३ गते अर्थात आज होटल बर्षामा के.आई.सिंह गाउँपालिका उपाध्यक्ष श्री मिना देवि विष्ट ज्यूले उद्घाटन गर्नु भएको छ । एक दिनको लागि चलिरहेको अन्तरक्रिया कार्यक्रमका प्रशिक्षक तथा प्रमुख अथिति डा. विद्यानाथ कोइराला हुनुहुन्छ । के.आई.सिंह गाउँपालिका भित्र  रहेका विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले संचालन गरेको अन्तरक्रिया कार्यक्रमका विशिष्ट अथिति गा.पा. का प्रमुख प्रशाकीय अधिकृत श्री सिद्धराज शर्मा र वडा नं. ६ का अध्यक्ष श्री दिप बहादुर बलायर, अथितिमा सि.डि.सि. डोटीका अध्यक्ष श्री हेम राज जोशी हुनुहुन्छ । “युनाइटेट  मिसन टु नेपाल” को समन्वय तथा के.आई.सिंह गा.पा.को आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा के.आई.सिंह गा.पा. भित्रका विभिन्न सरकारी तथा निजि विद्यालयहरुका प्र.अ.हरु, स्रोत व्यक्तिहरु श्री नर बहादुर शाही र शेर बहादर बोगटी लगायतको उपस्थिति रहेको छ । 

आर्थिक वर्ष:

News Ticker Feature: 
NO