समाचार
Bio metric attendence machine को सुरूवात के.अाइ.सिंह गा.पा.मा
Bio metric attendence machine अर्थात विद्धुतीय हाजीरीको सुरूवात के.अाइ.सिंह गाउँपालिकामा भएको छ। के.अाइ.सिंह गा.पा. वडा नं.४ झिमे मालिका मा.वि.मा अाज विद्धुतीय हाजीरीको सुरूवात को उदघाटन के.अाइ.सिंह गा.पा. का अध्यक्ष श्री लोकेन्द्र बहादुर शाहीले एक अाैपचारीक कार्यक्रमका बिच गर्नु भयो। कार्याक्रममा १ नं. का वडा अध्यक्ष , प्र.प्र.अधिकृत,प्रहरी इन्चार्ज, शिक्षा इकाइ प्रमुख, पशुसेवा प्रमुख,झिमेमालिका मा.वि.का प्रअ. तथा सम्पुर्ण शिक्षकहरू र विद्यार्थीहरू को सहभागिता थियो । विद्धुतीय हाजीरीको जडान के.अाइ.सिंह गा.पा.का सुचना प्रविधि अधिकृत श्री तेज बहादुर साउद ले गर्नु भयो । तत्काल झिमेमालिका मा.वि., गा.पा. कार्यालय संगै यस गा.पा. का सबै मा.वि . हरूमा विद्धुतीय हाजीरी लागु हुनेछ। र छिटै सबै तहका विद्यालयमा लागु हुने गा.पा.का अध्यक्ष शाहीले कार्यक्रम माझ भन्नु भयो ।
नियमित रूपमा विद्धुतीय हाजीरी को प्रयोग गरि नियमको पालना गर्ने सबै शिक्षकहरूको धारणा थियो ।