समाचार
वडा नंं. ७
के.आई.सिंह गाउँपालिका वडा नं. ७ काे कार्यालय भुमिराजमाण्डाै सैन मा रहेकाे छ। साविकका भुमिराजमाण्डाै गा.वि.स. वडा नं. ३,४,५,६ र ७ विभिन्न क्षेत्रहरू समेटिएर बनेको भौगोलिक रूपमा गाउँपालिकाकै सबैभन्दा सानो तर सघन वडा हो। यस वडाको कुल क्षेत्रफल ७.७ वर्ग किलोमिटर रहेको छ। राष्ट्रिय जनगणना २०७८ को अन्तिम प्रतिवेदन अनुसार यस वडाको कुल जनसंख्या १,८३२ (महिला १,०४९ र पुरुष ७८३) रहेको छ भने यहाँ कुल ४४१ घरधुरीहरू बसोबास गर्दछन्। (साविक २०७५ को स्थानीय सर्वेक्षणमा यहाँ २,५९० जनसंख्या र ४५५ घरधुरी देखाइएको थियो।)
भौगोलिक रूपमा यो वडा डोटी जिल्लाको पहाडी तथा महाभारत शृङ्खलाको मन्द ढालयुक्त क्षेत्रमा अवस्थित छ, जसमा कङ्कडयुक्त खैरो माटो, साना खोँचहरू र सिँचाईको राम्रो सम्भावना भएका खेतीयोग्य जमिनहरू पर्दछन।
यस वडा अन्तर्गत मुख्य रूपमा विष्टगाउँ, कोटीगाउँ, बलर गाउँ, थलि, लालमडाडा, बगनेटे, वेत्ता, रिटकाट्या, नौतडि, पाउटा, महतगाउँ, चौड, खणेतगाउँ, अकरभाडा, सिमडोरा, सेल्पाउ, घडेदाउना, जोगमुठ, सिमलठोरा र कोरकोच्चा जस्ता परम्परागत टोल वस्तीहरू पर्दछन्। यहाँ मुख्य रूपमा क्षेत्री, ब्राह्मण, कामी, सार्की र दमाई जातिहरूको मिश्रित बसोबास रहेको छ। वडावासीहरूको मुख्य पेसा कृषि तथा पशुपालन नै हो, तर यसका साथै मौसमी तथा वैदेशिक रोजगारी र साना खुद्रा व्यापार व्यवसाय जीविकोपार्जनका प्रमुख आधार हुन।
सम्पर्क नं.:
वडा कार्यालय: ९७६०८००००७
वडा अध्यक्ष: दिल बहादुर बलायर : ९८४८६८७७९९
वडा सदस्य: पार्वती भण्डारी बलायर : ९८६५७६९६४८
वडा सदस्य: पुतली देवी ढोली : ९८२४६४४९९५
वडा सदस्य: राम बहादुर कठायत : ९८६५८८१९९९
वडा सदस्य: पार्वती भण्डारी बलायर : ९८६५७६९६४८
वडा सदस्य: कर्ण बहादुर सिंह: ९८४८५२१६६८
वडा सचिव: टेक बहादुर साउँद : ९८४८५२६१९५
