समाचार
वडा नंं. २
के.आई.सिंह गाउँपालिका वडा नं. २ काे कार्यालय तिखात्तर लेकगडामा रहेकाे छ। साविकको तिखात्तर गाउँ विकास समितिका (५-९) वडाहरू मिलेर बनेको वडा हो। १३.७७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस वडाको कुल जनसंख्या ३,१२८ रहेको छ भने यहाँको जनघनत्व प्रति वर्ग किलोमिटर २२७.१६ छ। (साविक २०७५ को घरधुरी सर्वेक्षण अनुसार यहाँ ६१६ घरधुरी रहेका थिए।) भौगोलिक रूपमा यो वडा महाभारत शृङ्खलाको मन्द ढालयुक्त पहाडी क्षेत्रमा अवस्थित छ, जहाँ भिरालो जमिन, साना फाँटहरू तथा सिँचाईको राम्रो सम्भावना भएका खेतीयोग्य जमिनहरू पर्दछन्। यस वडा अन्तर्गत तीखातर, मौडा, दाडिमाटी, हलोकाटे, बगाले, तलकोट, सेल्पाखा, अमगडा र जारीमाडी जस्ता प्रमुख टोल वस्तीहरू रहेका छन्। यहाँ बसोबास गर्ने बासिन्दाहरूको मुख्य पेसा कृषि तथा पशुपालन, वैदेशिक रोजगारी र खुद्रा व्यापार व्यवसाय हो। स्थानीय स्तरमा दशैं, तिहार, होली, गौरा, औल्के, माघे संक्रान्ति र कृष्ण जन्माष्टमी जस्ता चाडपर्वहरू हर्षोल्लासका साथ मनाइन्छन्।
सम्पर्क नं.:
वडा कार्यालय: ९७६०८००००३
वडा अध्यक्ष: नेत्र बहादुर रावल : ९८४८४७६४९६
वडा सदस्य: सम्झना जेठारा माझी : ९८४४१०४८३८
का.पा. सदस्य: धारू वि.क : ९८४७१२४७२७
वडा सदस्य: गगन सिंह जेठारा : ९७४८२२१८५८
वडा सदस्य: नारद नाथ बाजी : ९८६५६३०९७१
वडा सचिव: ताप सिंह बुढामगर : ९७६०८००००३
सब-इन्जिनियर: दिपेन्द्र खड्का : ९८४३४०००१५
सहायक कम्प्यूटर अपरेटर: मोहन बिक्रम बोगटी : ९८४८४७९९४५
कृषी प्राविधिक: मान बहादुर भुल : ९८६८४६४१६१
पशु प्राबिधीक: केशव राज ओझा : ९८४८४७३८११
कार्यालय सहयोगी: लोकराज अवस्थी :
स्विपर: उत्तरा देवी बोगटी : ९८४८७५६२१९
