समाचार
के.आई.सिंह गाउँपालिका तपाईलाई हार्दिक स्वागत गर्दछः
के.आई.सिंह गाउँपालिकाे एक संक्षिप्त परिचय
नेपालको सुदूरपश्चिम क्षेत्र स्थित के.आई.सिंह गाउँपालिका सेती अञ्चलको डाेटी जिल्लामा रहेको छ । के.आई.सिंह गाउँपालिकामा कूल ७ वडा रहेका छन् । १२७.०१ वर्ग कि.मि.को क्षेत्रफलमा फैलिएको के.आई.सिंह गाउँपालिकाको भु–आकृतिक स्वरुप खाेलानाला,नदि तथा पहाडी भू–भाग रहेको छ भने यसको पूर्वमा अछाम र बाेगटान गाउँपालिका छ भने पश्चिममा बडीकेदार गाउँपालिका र शिखर न.पा., उत्तरमा दिपायल शिलगढी न.पा. र शिखर न.पा. र दक्षिणमा बाेगटान गाउँपालिका रहेको छ । यसको शालाखाला अधिकतम तापक्रम ३० डिग्री र न्यूनतम तापक्रम १० डिग्री रहेको पाइन्छ । भौगोलिक अवस्थिति यो के.अार्इ.सिंह गाउँपालिका मिती २०७३।१२।०१ गते नेपाल सरकार मन्त्रिपरिषदको निर्णयबाट के.आई.सिंह गाउँपालिका रहन गएको हो र यसकाे मूख्य कार्यालय साविककाे दुर्गामाण्डाै गा.वि.स. वायलमा रहेकाे छ । यो समुद्री सतहदेखि १३८७.४५ मि. को उचाइँमा काठमाडौं देखि ८५० कि. मि.को दूरीमा र दिपायलबाट २१ कि.मि. दूरीमा स्थित रहेको छ । साल २०६८ को तथ्याङ्क अनुसार यस गाउँपालिकाको कुल जनसंख्या २०,९०३ रहेको थियो भने हालको village profile को आधारमा कुल जनसंख्या २६६१३ रहेको छ। यस क्षेत्रको जनसंख्या वृद्धिदर ३.९ अनुमानित गरिएको छ । प्रमुख चाडपर्व स्थानीय स्तरमा बसोबास गर्ने विभिन्न जात जाती तथा समुदायका मानिसहरुको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाड पर्व मनाउने गरिन्छ । जस्तैः दशैं, तिहार, होली, गौरा, औल्के, मागे संक्रान्ति, कृष्ण जन्माष्टमि यहाँका प्रमुख चाड पर्वको रुपमा रहेको पाइन्छ ।
स्थापना : २०७३ साल चैत १ गते
भौगोलिक अवस्थिति कूल क्षेत्रफलः १२७.०१ बर्ग कि.मि. काठमाण्डौं देखि को दुरीः ८५० कि.मि. उचाईः १३८७.४५ मि.
जम्मा जनसंख्याः २६६१३
राजनैतिक बिभाजन बिकास क्षेत्र सुदूर पश्चिममा, अंचल सेती, जिल्ला डाेटी,
संसदीय निर्वाचन क्षेत्र नम्बर १, प्रदेश निवार्चन क्षेत्र नम्बर २, वडा संख्या ७
सिमाना पुर्वः पूर्वमा अछाम र बाेगटान गाउँपालिका ,पश्चिममा बडीकेदार गाउँपालिका र शिखर न.पा., उत्तरमा दिपायल शिलगढी न.पा. र शिखर न.पा. र दक्षिणमा बाेगटान गाउँपालिका